यातायात व्यवसायीले मनपरी भाडा असुल्न नपाउँदा हुम्ला जाने गाडी रोक

फागनु ६,२०७९
सिमकोट । कर्णाली करिडोर खण्ड अन्र्तगत बाजुरा देखि हुम्ला सडक खण्डमा संचालन हुने गाडि बन्द गरेको छ ।
भाडा असुल्न नपाएको विरोधमा बाजुराका यातायात व्यासयाले हुम्ला सम्म गाडी बन्द गरेका छन । यही फागुन २ गते हुम्लाका दक्षिणका चार वटा पालिकाको संयुक्त बसेको बैठकले यातायातका साधनको भाडा घटाएको थियो ।
तर भाडा घटाएको भन्दै यातायात व्यवसायीले यातायात सेवा नै वन्द गरेका छन । भाडादर घटाएको विरोधमा बाजुराका यातायात व्यवसायीले हुम्ला जाने यातायात ठप्प पारेका छन् ।
आफुखुशी भाडा लिदै आएका यातायात व्यवसायी स्थानीय तहले निर्धारण गरेको भाडादरको विरोध गरेका छन । यात्रुहरुवाट मनपरी रुपमा भाडा लिदै आएका उनीहरुले भाडा घटाएको विरोधमा यातायात सेवा वन्द गरेकामा आफुलाई दुःख दिइएको सर्वसाधारणले वताएका छन ।कानुनको कार्यान्वयन गर्ने निकाय नै लाचार भएपछि यात्रुहरु र सर्वसाधारण यातायात व्यवसायीको दादागिरी सहन बाध्य छन् ।
यातायात व्यवासयीले बाजुर देखि हुम्लाको कर्णाली करिडोर सडक खण्डमा नीजि सवारी साधन समेत चल्न रोक लगाएका हुन् ।
गाउँपालिकाले बाजुरा देखि हुम्लाको ताँजकोट,अदनचुली,सर्केगाड र चंखेली सम्म अन्तारिक र बाहिर भाडा दर कायाम गरेको थियो । चंखेली गाउँपालिका सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्मको ३९ किलोमिटर दूरीमा १२ सय भाडा बुझाउनुपर्ने बाध्यता लाई अन्त्य गर्दे नयाँ भाडा दर निधार्ण गरेको थियो । जसमा निर्णय ताजाँकोट,अदानचुली,सर्केगार्ड र चंखेली गाउँपालिकाभित्र चल्ने सवारीको प्रतिकिलोमिटर २३ रुपैयाँ तोकेको थियो ।
चंखेली गाउँपालिका सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म ३९ किलोमिटर दूरीमा अब ८ सय ९७ रुपैयाँ गाडी भाडा दर निर्धारित गरेको थियो ।
पहिला यातायात व्यवसायीहरूले असुल्ने भाडाभन्दा३ सय ३ रुपैया कम पर्ने भएको छ । सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि व्यवसायीले ५ सय असुल्ने गरे पनि अब २ सय ३० रुपैयाँ पर्ने भएको छ।
त्यस्तै, सर्केगाड–१ को खच्चादेखि भुज्माधारासम्म ५ किमि कच्ची सडकमा व्यवसायीहरूले १ सय १५ रुपैयाँ भाडादर कायम गरेका छन्।अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको व्यवसायीहरूले ३ सय असुल्दै आएका थिए भने २ सय ३० रुपैयाँ कायम गरेको छ ।
ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ। व्यवसायीले ३ सय उठाउँथे भने अब २ सय ५३ रुपैयाँ लिने निर्णय गरेको छ । त्यसैगरि लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले २ सयका दरले अअल्दै आएका छन्।
तर गाउँपालिकाले नँया भाडा निर्धारणले आफुहरु मर्कामा परेको भन्दै भाडादर समायोजन नगरेसम्म यातायात सन्चालन नगर्ने यातायात व्यवसायीले चेतावनी दिएका छ । बाजुरा देखि हुम्ला सर्केगाड चंखेली,अदनचुली र ताँजकोटसम्म आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन ।