चंखेली गाउँपालिकाले दलित,बिपन्न्न घरधुरी लाई ग्यास–चुलो बितरण

फागुन ६,२०७९
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाले दलित र बिपन्न घरधुरी लाई निशुल्क ग्यास चुलो बितरण गरिएको छ ।
गाउँपालिकाले २० लाख बराबरको रकममा सबै घरधुरीलाइ धुँवा रहि बनाउने लक्ष सहितको ग्यास बितरण गरेको हो ।
चंखेली गाउँपालिकाले आफनो स्थानीयतहका सबै वडामा दलित र बिपन्न घरधुरी लाई घरधुरीलाई ग्यास चुलो,शिलिन्डर बितरण गरेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलै जानकारी दिए ।
शाहीका अनुसार बन बिनास रोक्न र परम्पार चुलोबाट स्वाथ्य परेको असार लाई अब देखि छुटकारा दिन लाई लाई दलित र बिपन्न घरधुरीलाइ एक थान ग्यास चुलो र ग्यास शिलिन्डर अनुदानमा बितरण गरेको बताए ।
दाउराको रुपमा सामुदायिक बनमा रुख फडानी कम गराएको लागि ग्यास बितरणको अभियान चलाएको अध्यक्ष शाहीले बताएका छन ।
गाउँपालिकाका सबै बडाका कुल २ सय घरधुरीलाइ ग्यास बितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत बिष्णु बहादुर शाहीले बताए । ग्यास पाउदा स्थानीयहरु निकै खुसि भए यसरी स्थानीय सरकारले घरघरमा अनुदानमा ग्यास प्रदान गरिदिदा सबैभन्दा धेरै दलित र बिपन्न परियार खुसि भएको शाहीले बताए ।
आर्थिक स्थितिपनि कमजोर भयका कारण प्रती घरपरिवार लाई २ हजारमै ग्यास चुलो बितरन गरियको अध्यक्ष भन्डारिले बताएका छन। ग्यास चुलो पाउँदा स्थानीयहरु खुसी भयका छन।
हामिले हाम्रो बन जोगाउन र स्वास्थ्य सुधारको निम्ति ग्यास चुलो बाल्नको लागि गाउँपालिकालले नि शुल्क ग्याँस चुलो दिएको दलित अधिकारीकर्मी मक्क सुनारले बताए ।