हुम्लामा एक महिलाद्वारा आत्माहत्या

फागनु ६,२०७९
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना महिलाले आत्मा हत्या गरेकी छन् ।
सिमकोट गाउँपालिका १ की अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राती ११ बजे सदरमुकाम सिमकोटको माथिल्लो बजार स्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए । प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार घटना बारेमा अनुसन्धान भईरहेको बताए । पछिल्लो समयमा हुम्लामा आत्महत्याको दर बढ्दै जान थालेको छ ।