हुम्लाका अधिकाँस कार्यालयमा प्रमुख विहीन

फिल्को मिसन

फागुन ४,२०७९
सिमकोट । हुम्लामा अधिकांश सरकारी कार्यालयका प्रमुखहरू विही रहेको पाइएको छ। हिउँदयाम हुम्लामा स्थानीय तह,संघ र प्रदेशका कार्यालयमा कार्यलय प्रमुख नै जिल्ला बाहिर बसेका छन ।
सेवाकालीन तथा अन्य तालिम तथा गोष्ठी, माथिल्लो तहको परीक्षा र घरायसी काम विशेष कारण देखाउँर्द कार्यालय प्रमुखहरू जिल्लाबाहिर गएपछि सरकारी कार्यलय प्रमुखविहीन भएका छन ।
साहयक प्रमुख जिल्ला अधिकारी अमृतकुमार सुवेदीले जिल्लामा स्थानीय तहका कार्यलय बाहेक ३८ वटा कार्यालय रहेको बताए । तर अहिले १२ वटा कार्यालयमा प्रमुख रहेको बाकी २६ वटा कार्यालय प्रमुख जिल्ला बाहिर गएको बताउनु भयो ।
कार्यालय प्रमुख नभएर निमित्तको भरमा सञ्चालन हुँदै आएका कार्यालयमा स्वास्थ्य सेवा कार्यालय, सरकारी वकिल कार्यालय, परियोजना कार्यान्वयन एकाई स्याउ जोन, कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी, जिल्ला निर्वाचन, नापी, डिभिजन वन, प्रदेश लेखा एकाई, सामाजिक विकास कार्यालय छन ्।
अन्य कार्यालय प्रमुख नभएका कार्यालयमा अध्यागमन, यारी नाका भन्सार, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा, हिल्सा सिमकोट सडक आयोजना, नेपाल टेलिकम, नागरिक उड्डयन प्राधिकरण, हुुलाक, जिल्ला प्रशासन, हुम्ला जिल्ला अदालत, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म, आयुर्वेद स्वास्थ्य केन्द्र छन्।
केही कार्यालय प्रमुख डेढ महिनादेखि जिल्ला बाहिर रहँदै आएको, केही तालिम गोष्ठीमा सहभागिता जनाउन गए पनि हालसम्म फिर्ता भएको देखिएको छैन।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र जिल्ला न्यायाधीश दिलप्रसाद शर्मा शोकमा परेका कारण जिल्लाबाहिर रहनुुभएको हो भने सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरमान धामी तालिमका कारण बिहीबार सुर्खेत झरेका हुन्।

जिल्लाका अधिकांश विकासे कार्यालय प्रमुख रहेका कारण विकास निर्माणमा समेत बाधा पुुगेको बताए। जिल्लामा छिटोभन्दा छिटो भित्रिन निर्देशन दिएको उनले बताए।
सरकारी कार्यालयका कर्मचारीले जिल्लाबाहिर कार्यालयको कामको सिलसिला वा घर बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ। तर हिउँदे समयमा कार्यालयमा नबस्ने पुरानै परम्पार रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस