ताँजकोट गाउँसभाबाट विभिन्न ऐन, कार्यविधि पारित

फिल्को मिसन

फाल्गुन ३, २०७९
सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिकाको १२औँ(हिउँदे)गाउँसभाबाटबिभिन्न ऐन, कार्यविधि र नियमावली पारित भएको छ । गाउँपालिकाको केन्द्रमा सम्पन्न हिँउँदे गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु पारित गरेको हो ।
गाउँसभाद्धारा १४ वटा ऐन ३९ वटा कार्यविधि र नियमावलीहरुलाई छलफल सहित सर्वसम्मत रुपमा पारित गरिएको थियो । जसमा पारित भएका ऐनमा ‘गाउँपालिका दलितहरूको अधिकार संरक्षण तथा प्रवद्र्धन कार्यान्वयन ऐन’, संस्था दर्ता तथा नियमन ऐन, अनुगमन तथा मूल्यांकन ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, पूर्वाधार व्यवस्थापन ऐन, तत्थ्यांक तथा अभिलेख व्यवस्थापन ऐन पारित गरेको छ ।्
त्यसै गरि फोहोर–मैला व्यवस्थापन ऐन, प्राकृतिक श्रोतको संरक्षण ऐन, जलश्रोत ऐन, भाषा संस्कृति र ललितकला संरक्षण विकास ऐन, निर्माण व्यवसाय ऐन, अपांगता भएका व्यक्तिको संरक्षण र प्रवद्र्धन ऐन, स्वास्थ्य तथा सरसफाइ ऐन र सार्वजनिक खरिद नियमावली समेत समेटिएको छ ।
त्यसैगरी, सभाले पारित गरेका कार्यविधि र निर्देशिकामा बालविवाह मुक्त गाउँपालिका अभियान सञ्चालन निर्देशिका, स्वास्थ्य संस्था दर्ता, अनुुमति तथा नवीकरण निर्देशिका, गाउँपालिकाको कार्य सञ्चालन कार्यविधि, सामाजिक समावेशीकरण नीति, ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता दर्ता तथा नवीकरण कार्यविधि, लैंगिक हिंसा कोष निवारण कार्यविधि बनाएको छ ।
सार्वजनिक निजी साझेदारी कार्यविधि, व्यवसाय करसम्बन्धी कार्यविधि, बाल अधिकार समिति गठन कार्यविधि, आपत्कालीन बालउद्धार कोष कार्यविधि, मेलमिलापकर्ताको सेवा–सुविधासम्बन्धी कार्यविधि उल्लेख गरिएको छ ।
त्यसैगरी, अन्य कार्यविधिमा मानव बेचबिखन तथा ओसार पसार तथा नियन्त्रण समिति गठन तथा परिचालन कार्यविधि, बोलकोष सञ्चालन कार्यविधि, शिक्षक दरबन्दी मिलान कार्यविधि, आधारभूत तह (कक्षा १ देखि ८) परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, खेलकुद विकास समिति सञ्चालन कार्यविधि बनाएको छ ।
त्यसैगरी एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि, अपतकालीन केन्द्र कार्य सञ्चालन कार्यविधि, गरिबी निवारणका लागि लघुुउद्यम बिकास कार्यक्रम सञ्चालन कार्यविधि, बित्पन्न नागरिकलाई आर्थिक सहायतासम्बन्धी कार्यविधि, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि, मेशिनरी सामग्री बितरण कार्यविधि, मेलमिलाप केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि, योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि, घरबहाल कर व्यवस्थापन कार्यविधि, विषयगत समिति कार्य सञ्चालन कार्यविधि बनाएको छ ।
व्यवसाय करसम्बन्धी कार्यविधि, सञ्चित कोषको आन्तरिक लेखापरीक्षण कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रवद्र्धन कार्यविधि, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, विपद पूर्वतयारी तथा प्रतिकार्ययोजना, स्थानीय पूर्वाधार मर्मत सम्भार सहयोग कोष सञ्चालनसम्बन्धी कार्यविधि, स्थानीय पूर्वाधार विकास आयोजना सञ्चालन कार्यविधि, अनुगमन तथा सुपरिवेक्षण कार्यविधि पारित गरेको हो ।
गाउँसभाले वातावरणीय तथा सामाजिक जोखिम प्रभाव अध्ययन दिग्दर्शन गुनासो तथा सुुझाव व्यवस्थापन कार्यविधि, सार्वजनिक सुनुवाइ कार्यविधि, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति र स्वास्थ्य क्षेत्रको अनुुगमन निर्देशिका बनाएको छ । सभाबाट पारित भएका सबै ऐन तथा निर्देशिकालाई गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर कार्यन्वयन ल्याउने गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस