पोखरा विमान दुर्घटना : ३५ जनाको शव निकालियो

माघ १, २०७९ आइतबार
पोखरामा । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।
हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहा खबरलाई जानकारी दिए।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो
पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।