गाउँपालिकामा जनप्रतिनिधिबाटै तालाबन्दी

पुस २४, २०७९ आइतबार
सिमकोट । हुम्लाको अदानचुल गाउँपालिकाको कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृृत र लेखापाले कार्यपालिको निर्णय विपरित चलेको भन्दै जनप्रतिनिधिबाटै कार्यालयमा ताला लगाइएको हो।
सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई हाजिर हुनबाट रोकाएका छन ।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह,शाही र थापाको गाउँकार्यापालकाको निर्णय विपरित गरेपछि अन्यायविरुद्ध ताला लगाउनु बाध्य भएको उपाध्यक्ष कर्ण रोकायाले (सुधार) बताए। गाउँपालिका उपाध्यक्ष रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका छन । गाउँपालिकामा पुुस २१ गतेबाट कार्यालयका सबै शाखामा ताला लगाउने कार्य भएको छ।
गाउँपाकालका अध्यक्ष सिंह,निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले गाउँपालिकाको काम सुर्खेतबाटै तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने र स्वाथ्य शाँखा बाहेक सबै शाखामा ताला लगाएको उपाध्यक्ष रोकायाले बताए ।
गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अरोपमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए ।
भने गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।
यसमाथि गाउँपालिकाको आर्थिक कारोवारसमेत सुर्खेतबाटै संचालन गरिनु, गाउँपालिका कार्यपालिकाको निणर्य विपरित भएकोले ताला लगाउनुपरेको उनले बताए।
एउटै पालिकामा दुईजना कार्यकारी अधिकृत रहेकोबारे विभिन्न संचार माध्यमा प्रकाशित भएपछि पालिकामा अध्यक्ष र उपाध्यक्ष विच सम्बन्ध चिसिएको हो ।
एता भने निमत्त अधिकृत शाहिले आफु बैधानिकरुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै आफु लाई जिम्मा तोकि आएको र संचारको पहुँच नभएकोले कर्मचारी,जनप्रतिनिधिको लगायतको रकम सुर्खेत बाट ईन्ट्रि गरेको बताए । आफु लाई लगाएको आरोपमा सत्यता नभएको स्थानिय तह संचालन ऐन अनुसार र जनप्रतिनिधीहरुको सल्लाहा बमोजि गएको बताए ।
गाउँपालिका अध्यक्ष सिंहका अनुसार गाउँपालिकाकै जिम्मेवार पक्षबाट कार्यालयमा ताला लगाउने कार्य राम्रो नभएको भन्दै समस्या भए छलफलबाटै समाधान गर्न सकिने बताए। त्यस पालिकामा विभिन्न शाँखाबाट सेवा लिन बाट अहिले बन्चित हुनु परेको स्थानीय गुनोसो गरेको छन ।