सुर्खेतमै बसेरे पाँच महिनाको तलबभत्ता बुझदै अदानचुलीका कर्मचारी

फिल्को मिसन

पौष २४,२०७९ आइतबार
सिमकोट ।हुम्लाको अदानचुली गाउँपालिका कार्यलयका कर्मचारीहरुले सुर्खेत बसेरैे तलभत्ता बुझेका छन । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले कार्यालयमा हाजिरै नभई पाँच महिनाको तलबभत्ता बुझेको अनदाचुली गाँउपालिका जनप्रतिनिधिबाट खुलास गरेका छन ।
अदानचुलीका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले पाँच महिनासम्म सुर्खेत बसेर तलब भत्ता बुझेको पाइएको हो।
गएको सालको साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि उनी निलम्बनमा परेका छन ।
प्याकुरेल निलम्बनमा परेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्ति गरेका थिए ।फोटो नरजन तामाङबाट
गाउँपालिकाको बाधा परेको भन्दै उपाध्यक्ष कर्ण रोकाया अध्यक्षतामा साउन २९ गते बसेको बैठकले स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय ग¥योको थियो । तर एउटा गाउँपालका २जना निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तीको बिषय लाई लिएर अध्यक्ष र उपाध्यक्ष विचमा कार्यालयमा ताला बन्दि गरेका छन ।
शाही र थापा विरुद्ध मंसिर ११ गते अनुचित कार्य गरेको भन्दै उपाध्यक्ष रोकायाले अख्तियारमा मुद्दा दिएका थिए ।फोटो नरजन तामाङबाट

कार्यपालिकामा कुनै निर्णय नगरी सुर्खेतमा बसेर चालू खर्चबाट ३ करोड, २१ लाख २२ हजार २सय ८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५सय ७४ रुपैयाँ ग्लोबल आइएमइ बैंक सुर्खेत शाखाबाट निकासा गरेको आरोप लगाएका छन । गत असार १० गतेको गाउँसभाको बैठकको अवज्ञा गरेको भन्दै कयौं रकम निकासा गरि व्यक्तिगत प्रयोजनमा खर्च भएको बताएका छन ।फोटो नरजन तामाङबाट
साउन ३१गतेमा गाउँपालिका छाडेका शाही र थापा गत बिहीबार कार्यालय उपस्थित भएका थिए। तर, कार्यालयमा नआई तलब–भत्ता बुझेको झन्डै पाँच महिनापछि हाजिर लगाउन आएपछि गाउँपालिका उपाध्यक्ष रोकायापक्षले हाजिरी लगाउन रोकेका छन्।
अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहनिकट हुन भने उपाध्यक्ष रोकाया निकट स्वास्थ्य संयोजक समेत रहेका हंश महतारालाई निमित्त अधिकृत तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस