तारा एयरको जहाज चिलसंग ठोक्कियो, मानविय क्षती हुनबाट जोगियो

अर्जुन बोहरा

मंसिर २१, २०७९
सिमकोट । हुम्लाको मने लेक नजिक तारा एयरको विमान चिलसँग ठोक्किंदा नोजमा क्षती भएको छ । मानविय क्षती हुनबाट जोगिएको छ । सुरक्षित रुपमा जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण भएको सिमकोट विमानस्थल श्रोतले बताएको छ ।
नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि कार्गो बोकेको र्फिता हुने क्रममा नाइन एन–एकेल कलसाइन भएको तारा एयरलाइन्सको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा उडेको करिब दुुई मिनेटपछि चिलसँग ठोक्किएको बताएको छ।
दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको तारा एयरका कर्मचारीले बताए ।
जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेज सहित तीनजना सवार रहेको थिए। प्रहरी निरीक्षक दीपक मल्लले आकाशमा चीलसँग ठोकिएर क्षति पुुगेको तारा एयरको जहाज मर्मत नहुँदासम्म सिमकोटमै रोकिने बताए।

प्रतिक्रिया दिनुहोस