नाम्खा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्जुन बोहरा

मंसिर १९, २०७९
सिमकोट । हुम्लाको उतरी नाम्खा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष प्रेम लामाको अध्यक्षतामा गाउँपालिका द्धारा आर्थिक वर्ष २०७८/०७९ यो अवधीमा सञ्चालित योजना तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सुनुवाई सम्पन्न भएको हो । गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो।
कार्यक्रममा चालु अवस्थामा रहेका योजनाहरु, सम्पन्न भएका योजनाहरु लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनको लागि तेस्रो पक्षलाई सहजीकरण गराएर कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताए। लामाले सुशासन कायम गर्न भ्रष्टाचार न्यूनीकरण गर्न पहिलो प्राथमिकतामा राखिने सार्वजनिक प्रतिबद्धता व्यक्त गर
सार्वजनिक सुनुवाई कार्यक्रममा सुुरुमा गाउँपालिकाका सबै शाखा योजना, कृषि, पशुु, शिक्षा, स्वास्थ्य, लेखा, उद्यम विकासले आफ्नो आर्थिक र भौतिक प्रगति प्रस्तुत गरेका थिए।
यस्तै गाउँपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले चालु आर्थिक वर्षमा भए गरेका कामहरुको बारेमा प्रगतीको बारेमा बताउनु भयो । गाउँपालिकाका शाँखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको प्रस्तुती पछि सहभागीहरुले गाउँपालिका अध्यक्ष सहितका अन्यय सरोकारोवला लगायतलाई गाउँपालिकाको सेवा प्रवाह सँगै विकास निर्माणका प्राथमिकता, खानेपानी,शिक्षा,स्वाथ्य,पशु,कृषिको समस्या लगायतको विषयमा प्रश्न वा गुनासो राखेका थिए
आर्थिक वर्षमा गाउँपालिकाको वार्षिक बजेट ३६ करोड, १९ लाख२७ हजार ३११ रुपैयाँ आम्दानी र त्यति नै बजेट खर्च भएको विवरण नाम्खा गाउँपालिका लेखा अधिकृत आश्वनी देवकोटले प्रस्तुुत गरिएको थिए ।
सुुनुुवाइ कार्यक्रममा सेवाग्रहीबाट उठेका जिज्ञासाको जवाफ निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र सम्बन्धित शाखा प्रमुखले जवाफ दिएका थिए।
वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले पालीकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा व्यक्त गरे ।
नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष लामाले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ती समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । पछिल्लो समय गाउँपालिकाको भवन निर्माणको विषयमा निकै चर्चाहरु चरिहेको समयमो आफुहरु पालिकाको भवन बनाउन आजैबाट शुरु गरेको जानकारी दिनु भयो । गाउँपाािलकाले विभिन्न वडा तथा पालिका गौरवको आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको कार्यक्रममा जनाईएको छ ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी सहितका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महाँसघ जिल्ला शाँखा हुम्लाका अध्यक्ष राजन रावतले सुशासन कायम गन, भ्रष्टाचार न्यूनीकरण गर्न पहिलो प्राथमिकता जनप्रतिनिधिले पहिलो काम भएको हुनाले सेवाग्रही सेवा दिनु पर्ने र सूचना ऐन अनुसार थाहा पाउनु पर्ने अधिकार बाट नाम्खाबासी लाई बन्चित नगरियोस आग्रह गर्नु भयो । नाम्खा गाउँपालिकाको आयोजना र सहजीकरण पत्रकार महासंघ हुम्ला शाखाले गरेको थियो।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस