एक हप्ता देखि हुम्लाबाट एक युवक सम्पर्कविहीन

मसिर १५, २०७९
सिमकोट। हुम्लाको चंखेल गाउँपालिका केन्द्र पिप्लाङ गाउँबाट एक युवक मंसिर ८ गतेदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पूर्वी रुकुुम उत्तरगंगा मस्याङ निवासी सञ्चार घर्तीमगर हुन् । प्रेममा परेका ती युवक युवतीसँगको बिहे गर्ने कुरामा विवादमा पर्दा सम्पर्कविहीन भएकाे प्रहरी निरीक्षक दीपक मल्लले बताए ।
उनका अनुुसार चंखेली गाउँपालिकामा भर्खरै लोक सेवा आयोगमा नाम निकालेर कम्प्युटर अपरेटर पदमा काम गर्दै आएकी दाङ ढुङ्गीशरण गाउँपालिका– ४ निवासी राधाकुमारी थापासँग घर्तीमगरको प्रेम भएको बताए ।
युवक युवती दुुबै जना बिहे गर्ने अवस्थामा पुगेका थिए।
पछि थापा लोक सेवामा नाम निकालेपछि चंखेली गाउँपालिकामा आए भने घर्तीमगर दाङको घोराहीमा कम्प्युटर इन्स्टिच्युट खोलेर काम गर्थे। यसबीचमा थापाले आफ्नो नक्कली बिहे भएको टिकटक बनाएर सामाजिक सञ्जालमा राखेपछि दाङमा रहँदै आएका घर्तीमगर केटीले धोका दिने कुरा गर्न थालेपछि दाङबाट हुम्ला आएका थिए।
थापालाई पिप्लाङमा पुुगेपछि जबर्जस्ती तानेर भगाउन खोजेको र केटीले नमानेर रोइ कराइ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुुसार पिप्लाङ गाउँ यसरी युवतीमाथि दिउँसै केटाले तानेको देखेर स्थानीय दुुई युवाले रोक्न खोजेको र पछि लखेटेर धपाएका थिए।
लखेटिएका घर्तीमगरले आफूसँगै थापाको मोबाइल पनि लगेको प्रहरीले जनाएको छ। घर्तीमगरले आफूले लगेको केटीको मोबाइलबाट आफूलाई लखेटिरहेको दाङमा रहेका साथीलाई सम्पर्क गरेका थिए।
हाल दुुवै मोबाइलको स्विच अफ छ। त्यसपछि घर्तीमगर सम्पर्कमा आउन सकेका छैनन्। घर्तीमगर सम्पर्कमा नआएपछि दुुई पक्षका आफन्त पिप्लाङ आइपुुगेको र प्रहरीले यस सम्बन्धमा दुुवै पक्षलाई जिल्लामा झिकाएको छ। प्रहरीले घर्तीमगरको मोबाइल ट्र्याकिङ गर्ने कार्य भने गरिरहेको जनाएको छ।