समानुपातिकतर्फ हुम्लामा कुन दलले कति मत पाए ?

फिल्को मिसन

मंसिर १४, २०७९
सिमकोट । हुम्लामा मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस पहिलो माओवादी केन्द्र दोस्रो र एमाले तेस्रोे भएको छ। कुुल खसेको मतमध्ये प्रनिनिधि सभाको समानुुपातिकमा कांग्रेसले सबै दलभन्दा बढी मत ल्याएर पहिलो भएको हो।
मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार समानुुपातिकतर्फ कुल खसेको २५ हजार ३सय ४० मतमा सदर मत २४ हजार ६१७ मध्ये कांग्रेसले ८ हजार १सय ९२ मत प्राप्त गरेर पहिलो भएको छ।
त्यसैगरी, दोस्रोमा नेकपा माओवादी केन्द्रले ७ हजार ३सय ६३ मत ल्याएको छ भने तेस्रोमा नेकपा एमालेले ५ हजार ९सय ७ मत प्राप्त गरेको छ।
पाँच सयभन्दा बढी मत प्राप्त गर्ने अन्य दलमा भने नेकपा एकीकृत समाजवादीले १ हजार २१, नेकपा माओवादी समाजवादीले ७सय ४७ र राप्रपाले ६सय ९० मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य ४२ पार्टीले१ देखि ३सय ४ मतसम्म प्राप्त गरेका छन्। समानुुपातिकतर्फ भाग लिएका दलमध्ये हुम्लामा ४८ दललाई मत खसेको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुुसार कुुल खसेको मतमा ७सय २३ मत भने बदर भएको थियो।
त्यसै गरि प्रदेश सभा समानुुपातिक तर्फ भने नेकपा माओवादी केन्द्र पहिलो भएको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुुसार माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदका लागि कुल खसेकोमध्ये सदर मतमध्ये ७ हजार १७ मत प्राप्त गरेको छ भने दोस्रो हुनेमा नेपाली कांग्रेसले ६ हजार २सय ७१ मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एमालेले ५ हजार ३सय ५८ मत प्राप्त गरेर तेस्रो स्थानमा आएको छ। नेकपा एकिकृत समाजवादीले १ हजार १सय४ मत प्राप्त गरेर चौथो तथा राप्रपाले ८सय ५५ मत प्राप्त गरेर पाँचौँ स्थानमा छ।
प्रदेश सभा समानुुपातिकतर्फ अन्य २३ दलले एक देखि ८६ मत प्राप्त गरेका छन्। कुल २४ हजार ७सय १५ मत खसेकोमा ६सय ५१ मत बदर भएको थियो।

प्रतिक्रिया दिनुहोस