हुम्लाका विजयी उम्मेद्वार ले भने– ‘प्रतिवद्धता पुरा गर्छौ’

२०७९ मंसिर१० शनिबार
सिमकोट । हुम्लाबाट प्रतिनिधि र प्रदेशसभामा विजयी उम्मेद्वारहरुले मतदाता माझ राखेका प्रतिवद्धताहरु पुरा गर्ने वताएका छन् । शनिबार हुम्लाको सिमकोटमा गठबन्धनले आयोजन गरेको विजय रर्याली पछि संवोधन गर्दै उनीहरुले चुनावका बेला मतदाता माझ राखेका प्रतिवद्धताहरु लाई पुरा गरेरै छाड्ने दावी गरेका छन ।
प्रतिनिधि सभामा विजयी उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कर्णाली प्रदेशका पर्यटन मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन)ले हुम्ला र हुम्ली किसानहरुको सम्मान गरेर काम गर्ने भन्दै आर्थिक, सामाजिक विकासका लागि आफु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
‘जनताको जनादेशलाई आत्मसात गर्दै मैले राखेका प्रतिवद्धताहरु पुरा गर्दै अघि बढ्ने छु ।’,लामाले भने, ‘यो जनादेश हुम्लामा तिन दलिय लोकतान्त्रिक गठबन्धनको एकताले आफु लाई निर्वाचित गराएको बताए । अबको पाँच वर्षसम्म पहिलो राष्ट्रिय सडक संजाल लाई जोडेन, विद्युतको लागि राष्ट्रिय प्रासार लाईन मात्र हैन,हुम्ला लाई पर्यटन लगायत आर्थिक रुपान्तरणको बाटोमा लैजाने प्रयास गर्ने छौं ।’ मुलुकको स्वाधिनताको रक्षा, भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
प्रदेश सभा ‘ख’ बाट विजयी प्रदेश सभा ख बाट नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लाको आर्थिक र सामाजिक विकासका लागि अघि सारिएका योजनाहरु पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । पटक पटक हुम्ली जनताहरुले आफु लाई निर्वाचत बनाएको भन्दै जनता संग गरिएका प्रतिवद्धता लाई पुरा गरिने आश्वासन दिदैँ ‘हामी जनताहरु माझ राखेका प्रतिवद्धता पुरा गर्ने बताए।
‘हामीले अघि सारेका आर्थिक सम्वृद्धि र उन्नतिका योजना कार्यन्वयन गर्न प्रतिवद्ध छौं ।’,शाही भने, ‘भ्रष्टाचारमुक्त, सुशासन कायम गरेर हामीले चाहेजस्तो विकास र सम्वृद्धिको बाटोमा अघि बढ्छौं । तर हुम्लामा विकासको नाममा बजेट आएको होइन कार्यन्वयन गर्ने पक्ष इमान्दारी नभएको भन्दै हुम्ला लाई पछाडि पारेको बताए । हुम्लामा काँग्रेस पार्टी भित्र लामो सयम सम्म सहयात्र गरेका नेताले गठनबन्धन लाई असहयोग गरेको आक्रोस पोखे। अधिकाँस काँग्रेसजनसाथीले तल्लो भेक तिर हेरेरन भन्ने आफुलाई आरोप लगाएको बताए । तर आफुले सातै वटा गाउँपालिकामा म मुख्यमन्त्री हुँदा नहुँदा हुम्लाका लागि लागि परेको बताए ।
प्रदेशसभा ‘क’ मा विजयी नेकपा माओवादी केन्द्रका बैकल्पी सदस्य रणसिह परियारले जनताबाट पाएको विश्वासको उच्च मुल्याङ्कन गर्दै आफूहरुले राखेका वाचाहरु पुरा गर्ने प्रतिवद्धता जनाए ।
‘ माओवादी केन्द्र पार्टीले पहिलो पटक प्रदेश सभाको लागि उम्मेदारी जिम्मा दिएकोले पहिलो पार्टीपर्ति धन्यावाद दिदै हुम्लाको इतिहाँसमा दलित जाति पहिलो संसद निर्वाचित भएको आफु लाई दावि गरे ।
दलित वर्गबाट लडेनेमा आफु लाई गर्व लागेको र हुम्ला लाई गरिबी मानसिक र पछौटेपन हटाउन चाहन्छौं । सामान्ती उत्पादन पद्धतीलाई समाप्त गर्दै, पूँजीको विकास गरेर समाजवादको बाटोमा अघि बढ्न चाहन्छौं । यो नै हाम्रो उद्देश्य हो ।’, नवनिर्वाचित उम्मेदार परियारले भने, ‘यही र संकल्पमा टेकेर सम्वृद्ध हुम्ला र सुखी हुम्ली बनाउन चाहन्छौँ ।’
विजयी उम्मेद्वारहरु सहित हजारौँ समर्थकहरुले सिमकोट बजारमा विजयी जुलुस निकालेका थिए । प्रतिनिधिसभाको एकमात्र सिटमा माओवादी केन्द्र नेता तथा पुर्ब पर्यटन,बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामाले फराकिलो मतान्तरले नेकपा एमाले दल रावल लाई पराजित गरेका हुन ।
यस्तै प्रदेश सभा ‘क’ मा नेकपा माओवादी केन्द्रका बैकल्पी सदस्य रणसिह परियारले परियारले नेपाली काँग्रेसबाट बागी उम्मेदवार उठेका मंगल बहादुर शाही लाई हराउँदै विजयी बनेका हुन् । यसै प्रदेश नं. ‘ख’ को कर्णाली मुख्यमन्त्रीको जीवन शाहीले नेकपा एमालेका छक्क बहादुर लामा लाइ पराजित गर्दै विजयी भएका हुन् ।