हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धन विजयी
२०७९ मंसिर१० शनिबार
सिमकोट । हुम्ला प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्र तथा पुर्ब पर्यटन,बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावल लाई ४ हजार ८सय ५५मतले हराउँदै विजयी भएका हुन् । लामाले १४ हजार ३७१मत ल्याएका छन् भने रावल ९हजार ५१६मा सीमित भए । त्यस्तै, राप्रपाका तेजबहादुर रावतले ३सय ७९ मत ल्याएका छन् ।
प्रदेशतर्फको (१)मा नेपाली काँग्रेसबाट बागी उम्मेदवार उठेका मंगल बहादुर शाही लाई १हजार ८सय ५१ मतले हराउँदै गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका रणसिह परियार विजय विजय भएका हुन् ।
रणसिंह परियारले ६ हजार ४ सय ८१ मत प्राप्त गर्दा मंगलबहादुर शाहीले ४ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको हो । यस्तै एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गर्नुभयो भने एकीकत समाजवादीका हस्त बहादुर शाहीले ७ सय ८८ मत प्राप्त गर्नुभयो ।
निर्वाचित भएका परियार नेकपा माओवादी केन्द्रका बैकल्पी केन्दिय सदस्य नेता हुन् ।
प्रदेशसभातर्फको (२) जीवन बहादुर शाहीले७ हजार ५६ मत ल्याएर विजयी भएका हुन् । उनी कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री हुन् ।
शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका छक्क बहादुर लामाले २ हजार ९सय ७९ मत प्राप्त गर्नु भयो । राष्ट्रि प्रजातन्त्र पार्टीका नैन बहादुर रावतले ९७ मत ल्याए भने जनता समाजवादी पार्टी,नेपालका बलीराज शाहीले ४१ मत प्राप्त गरे । त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीन नेपाल सुमन रावतले २१ मत प्राप्त गरे । प्रदेशसभातर्फको (२) खार्पुनाथा,सिमकोट र नाम्खा गाउँपालिकामा जम्मा १०हजार ३१४ खसेको मत खसेको थियो भने ११९मत बदर भएको थियो ।