समानुपातिकतर्फ नेकपा (एमाले) को अग्र स्थान कायमै

फिल्को मिसन

२०७९ मङ्सिर ८ बुधबार
काठमाण्डौं । सिमकोट । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमालेले पाँच लाख ५५ हजार ८ सय ३२ र नेपाली कांग्रेसले ५ लाख २९ हजार ९ मत ल्याएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ६९ हजार ४ सय २९ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई लाख ८६ हजार २ सय १६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार १ सय १६, जनता समाजवादी पार्टी, नेपालले ६६ हजार ६ सय ८८ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ५१ हजार ३ सय २१ र नागरिक उन्मुक्ति पार्टीले ३४ हजार २ सय ५९ मत ल्याएको छ । जनमत पार्टीले ३४ हजार २ सय ३६ मत पाउँदा, नेकपा (एकीकृत समाजवादी) ले ३६ हजार ४ सय ७ मत पाएको छ । प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस