हुम्लामा ३४ वटा मतपेटिका अलपत्र, मतपेटिका संकलनमा ढिलाइ

अर्जुन बोहरा

२०७९ मङ्सिर ६आइतबार
हुम्ला । हुम्लामा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको छैन ।
हुम्लाका क प्रदेशको ३४ वटा मतदान केन्द्रमा १७० मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर बाट भोलि नै ढुवान हुने भएकोले ढिलाइ भएको र कर्मचारीले मतपेटिका संकलन गर्न समय लागेका कारण पनि सर्वदलीय बैठक बस्न नसकेको बताए ।
मुख्य निर्वाचन अधिकृत सापकोटाल अनुसार भोलि बुधबार सबै मतपेटका आएसकेपछि सर्वदलीय बैठक बस्ने तयारी रहेको बताउनु भयो ।
सर्वदलीय बैठक बसेर दलको प्रतिनिधि जुट्नासाथ मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत सापकोटाले बताए । मतपेटिकाहरू मतगणनास्थलमा मतदान अधिकृतहरुले बुझाएपछि मतगणन हुने जानकारी दिए ।
हुम्लाको जिल्ला अदालत कार्यलय भवनमा मतगणना हुने हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले बताईन् ।
५९ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगिसकेको छ भने ३४ मतदान केन्द्रका मतपेटिका ताजाकोट, चंखेली, अदानचुली र सर्केगाड गाउँपालिकाका मतदान केन्द्रबाट गाउँपालिका केन्द्र थन्किएको पाइएको छ ।
हेलिकप्टरबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म मतपेटिका सर्केगाडमै अलपत्र परेको शम्भु आधारभूत विद्यालयका मतदान अधिकृत दानबहादुर बोहराले जानकारी दिए ।
अहिलेसम्म कुनै पहल नभएपछि बिहानदेखि हेलिकप्टरको प्रतीक्षा गर्दागर्दै थाकिसकेको बोहराले बताए । प्रदेश १ को ३४ मतदान केन्द्रका १७० मतपेटिका सर्केगाड गाउँपालिका केन्द्र थन्किएपछि मतगणना केही टुंगो लाग्न सकेको छैन । प्रदेशसभा क मा १४ हजार ७३८ जनाले मतदान गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६ महिनाअघि भएको स्थानीय चुनावको भन्दा कम मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा ७६दशमलव ३७ प्रतिशत मतदाता सहभागी भएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब ७९.४ प्रतिशत मतदाताले मत खसालेका थिए ।
यसआधारमा स्थानीय चुनावमा मतदान गरेका करिब ३.४ प्रतिशत मतदाताले यसपटकको निर्वाचनमा मतदान गरेननन् ।

प्रतिक्रिया दिनुहोस