हुम्लामा ३२ हजार ८सय भन्दा बढिले मतदाताले मतदान गर्ने

मंसिर ०१, २०७९
सिमकोट । हुम्लामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३२हजार ८ सय ५७ जना मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १५ हजार ७ सय २९ र पुरुष १७ हजार एक सय २८ मतदाता रहेको सिमकोटस्थित रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ती मतदाताका लागि जम्मा ५९ वटा मतदान केन्द्र कायम गरिएको छ । हुम्लामा सातैवटा गाउँपालिका र जिल्लामा रहेको कारगारमा एक अस्थायी मतदाता केन्द्र केन्द्र तोकिएको छ।
ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निमित अधिकारी श्याम रानाले बताए।
यसैगरी प्रदेश सभा १ तर्फबाट महिला ९हजार २६ र पुरुष ९हजार ८ सय ४ गरि जम्मा १८हजार ८सय ३० मतदाता छन् । यो प्रदेश सभा १मा ३४ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी प्रदेश सभा २ मा पुरुषतर्फ ७ हजार ३सय २४, महिलातर्फ ६ हजार ७ सय ३ जना गरी १४ हजार २७ मतदाता छन् भने यो प्रदेश निर्वाचन क्षेत्रमा २५ मतदानस्थल र एक अस्थाई गरि २६ मतदान केन्द्र छन् ।