हुम्लामा मतदाता शिक्षा प्रभावकारी बन्दै

अर्जुन बोहरा

  मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न अधिकृत रानाको निर्देशन
मंसिर १, २०७९ विहीबार
हुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको सातैवटा गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।
गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको निमत जिल्ला निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिनु भयो ।
निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन सातैवटा पालिकामा मतदाता शिक्षा सञ्चालन गरिएकोछ । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ’– उहाँले भन्नुभयो ।
मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एकजना स्वयंसेवक परिचालन गरिएको बताउदै नाम्खा गाउँपालिका निमीत प्रमुख प्रशासकिय अधिकृत मोहोन बहादुर शाहीले बताउनु भयो । मंसिर दोश्रो हस्ता भरि सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताउनु भयो । तर हिमपतैकै कारणले नाम्खा गाउँपालिका ६ वडा लिमीका तिनैगाउँमा मतदातशिक्षा नपुगेको बताउनु भयो ।
निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।
खार्पुनाथा गाँउपालिका अध्यक्ष कर्ण रावलले भन्नुभयो,‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उहाँले भन्नुभयो,‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष रावले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ ।

                                                                                              १८ कैदीबन्दीले मतदान गर्ने
सदरमुकाम सिमकोटमा रहेको कारागारका १८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् । उनिहरुका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।
मतदाता नामावली ऐन, २०७३ अनुसार सरकारी कर्मचारी, ब्यारेकमा रहेका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने उल्लेख छ । सोही अनुसार त्यसका लागि कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्न पाउने व्यवस्था गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले बताएको हो । कारागारमा रहेका सबै कैदीबन्दीहरु १८ वर्ष माथिका रहनुका साथै उनिहरुले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न पाउने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हो ।
                                                                 २४ मतदानस्थल अतिसंवेदनशील
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सुचिमा रहेका छन् । जिल्लाको सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हम्लामा १२ सामान्य, २२ सम्वेदनशील र २४ मतदानस्थललाई अतिसम्वेदनशील ठहर गरिएको प्राुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले अन्य वस्तुुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षाका हिसाबले अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।
अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुुई वटा, सर्केगार्डमा चार वटा, चंखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् । अतिसंवेदनशील ठहर गरेका ती मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि त्यहीअनुुसार खटनपटन हुनेछन् । त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।
संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुुसार नाम्खामा तीन वटा, सिमकोटमा दुुई वटा, खार्पुनाथमा दुुई वटा, सर्केगार्डमा चार वटा, चंखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुुई वटा छन् । यता कुलमध्ये १२ वटा मतदानस्थललाई सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस