चुनावमा सुरक्षाका लागि लिमीमा सेक्सन अप्रेटिङ बेस स्थापना

फिल्को मिसन

मंसिर १, २०७९ विहीबार
सिमकोट । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गरेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा नेपाली सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना गरिएको छ । निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सेनाले बेस स्थापना गरेको हो ।
बराह दल गुल्म रानी बनका गुल्मपति गुल्मपति सुरेन्द्र श्रेष्ठले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न बुधबारबाट लिमीको हल्जी गाउँमा सेक्सन अप्रेटिङ बेस स्थापना गरेको जानकारी दिनुभयो ।
सेनाको जम्दारको नेतृत्वमा सो बेस स्थापना गरिएको हो। बेसका सुरक्षाकर्मीले निर्वाचनका हरेक गतिविधि निगरानीका साथ सुरक्षा प्रदान गर्नेछन्।उनका अनुुसार सो बेसले लिमीका तीन वटै मतदान केन्द्र तिल, हल्जी र जाङका मतदान केन्द्रको सुरक्षा प्रदान गर्नुका साथै आवश्यक परे नाम्खा गाउँपालिकाको समेत सुरक्षा हेर्नेछ। बेसमा रहने सेनालाई सेनाको हेलिकोप्टरबाट लिमी उतारिएको थियो।
सहसेनानीको नेतृत्वमा उक्त बेस यसअघि नै स्थापना गरिएको थियो। जसले सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका निर्वाचन गतिविधिको सुरक्षा प्रदान गर्नेछ।
बेसमा बम डिस्पोजल गर्न विज्ञसहितको सेक्सन तहको फौज तैनाथ गरिएको छ । यसैगरी, निर्वाचनका बेला हुन सक्ने अवान्छित क्रियाकलापलाई रोक्न सेनाको बेस स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस