हुम्लामा तिन जनाले उम्मेदवारी फिर्ता

फिल्को मिसन

२०७९ असोज २६ बुधबार

सिमकोट ।हुम्लामा तिन जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि मनोनयन दर्ता गराएका हुम्लाका तीन जनाले उम्मेदवारी फिर्ता लिएकाे मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बताए ।

मुख्य निर्वाचन अधिकृत सापकोटाका अनुसार प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कर्णजित बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै प्रदेशसभा सदस्यका लागि प्रदेश निर्वाचन क्षेत्र (क) बाट उम्मेदवारी दिएका ध्रुवबहादुर शाही र (ख)बाट उम्मेदवारी दिएका बली रावतले पनि उम्मेदवारी फिर्ता लिएका हुन्। स्वतन्त्र उम्मेदवारी दिएका शाही र रावत दुबै जना माओवादी केन्द्र बागी उम्मेदवार थिए।

हुम्लामा प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका छिरिङ डम्डुल लामा, एमालेबाट दलबहादुर रावल र राप्रपाबाट तेजबहादुर रावत तिन जना बिच प्रतिस्पर्धा हुने देखिन्छ ।

 

यस्सैगरि प्रदेशतर्फ (क)मा गठबन्धनबाट रणसिंह परियार, एमालेबाट दलबहादुर फडेरा, राप्रपाबाट छापे ऐडी, नेकपा एकीकृत समाजवादीबाट हस्तबहादुर शाही र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीको उम्मेदवार परेको छ, भने मंगलबहादुर शाही कांग्रेसका बागी उम्मेदवार हुन्।

क्षेत्र (ख)मा गठबन्धनबाट कांग्रेसका जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, जनता समाजवादी पार्टीका बलीराज शाही, राप्रपाका नैनसिंह रावत र राप्रपा नेपालका सुमन रावतको उम्मेदवारी रहेको निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस