वर्षाले लिमिमा दुई घर भत्किए

असोज २६,२०७९ बुधबारसिमकोट । केही दिनदेखिको निरन्तरको वर्षाकाकारण हुम्लाको नाम्खा गाउँपालिकामा दुई घर भत्किएका छन् ।नाम्खा –६ लिमिको हल्जी गाउँका कुन्जोक राङडोल तामाङ र तुन्डुप तामाङको घर भत्किएर क्षति भएको हो ।
कन्जोक राङडोल तामाङको घर पूर्ण रूपमा क्षति भएको छ भने तुन्डुप तामाङको घर आंशिक रूपमा क्षति भएको नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । वडाध्यक्ष तामाङले भने ‘एक घरमा पूर्णक्षति भएको छ भने एक घर आंशिक क्षति भएको बताए ।
अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको गरेका छन ।