उद्धार हुन नसक्दा हुम्लामा गर्भवतीको ज्यान गयो

फिल्को मिसन

२५ आश्विन २०७९, मंगलवार

सिमकोट । हुम्लामा पाँच दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ ।

सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्यधिक रक्तश्रावका कारण

ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताइन। एकातिर खराब मौसमका कारणले हेलिकप्टर हुम्ला पुग्न नसकेपछि छत्यालको मृत्यु भएको हो ।

खराब माैसमकै कारणले उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकप्टर कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । तर मौसम सुधार नआएपछि हेलिकप्टर पुन :सुर्खेतमै फर्किए थियो । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र स्वास्थ्य सेवा कार्यालय हुम्लाले प्रयास गरेता पनि हवाइ सेवा नहुँदा सुत्केरीको छत्यालको मृत्यु भयो। सिमकोट बाट मृतक छत्यालको घर सम्म पुग्न दुई दिन पैदलमा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस