अलपत्र परेका  पाँच जनालाई पर्यटक लाई हेलिकप्टरबाट उद्धार

फिल्को मिसन

२०७९ असोज २५

 सिमकोट ।हुम्लाको  चाङ्ला हिमालको बेसक्याम्पमा अलपत्र परेका ५ जनालाई   पर्यटक लाइ हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ।
 सिमकोट गाउँपालिका– १ स्थित चाङ्ला हिमाल चढ्न पुगेका पाँच बेलायती र दुई नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकाेप्टरबाट उद्धार गरिएको सिमकोट विमानस्थल स्रोतले  जानकारी दिएको छ ।जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । उनका अनुसार  आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।हिमपातका कारण एक सातादेखि अलपत्र परेका उनीहरूको उद्धार प्रयास भए पनि खराब मौसमका कारण उद्धार हुन सकेको थिएन। गृह मन्त्रालयबाट परिपत्र आए पनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको माउन्टेन एयरकी फ्लाइट अफिसर आकृति प्रधानले बताइन्।
बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण हुम्लाको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस