दशैँमा पनि कर्मचारीले पाएनन् तलब

फिल्को मिसन

असोज १४, २०७९

हुम्ला । बडादशैँमा पनि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारीले दशैँमा समेत तलब नपाएका हुन् ।
दशैँको मुखमा हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश र संघ सरकार बाट रकम निकासा नभएकै कारणले कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।

नाम्खाका ३स कर्मचारी र ८५ शिक्षकले समेत दशैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेको कार्यारत कर्मचारीले आफनो नाम नबताउने शर्तमा उनको बताए ।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस