लगातार वर्षा हुँदा सिमकोटमा हवाई उडान अवरुद्ध

फिल्को मिसन

३१ भदाै२०७९
सिमकोट । बिहिबार देखि लगातार वर्षा हुँदा हुम्लामा हवाई सेवा अबरुद्ध भएको छ । नेपालगन्ज र सुर्खेतबाट नियमित रूपमा उडान भर्दै आएका  निजी तथा सरकारी हवाई जहाज उडान खराब मौसमका कारण अवरुद्ध बनेकाे छन । जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।
नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लिमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेर फर्केका धार्मिक तीर्थयात्री हवाई सेवा अवरुद्ध हुँदा सिमकोट रोकियाे छन ।

तीर्थयात्रीहरु  अफ्नाे भिषा समय सकिने र  आर्थिक व्यवस्था कम भएकै कारणले उडान हुन नसक्दा समस्यामा परेका छन् । त्यस्तै विरामी र जिल्लाबासी समेत जिल्ला बाहिर जान नसक्ने भएको छ । हवाई सेवा सञ्चालनमा नहुँदा नेपालगञ्ज, सुर्खेतबाट सिमकोटमा तेल,चिनी, बेसार, मसाला, तरकारी, मासुलगायतका अायतित सामानहरु भित्रीन सकिरहेको छैन् ।

नेपालगञ्ज सुर्खेतबाट खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस