बाली मात्रै होइन एसियाको दोस्रो सुजरल्याण्ड हो नेपाल :सद्गुरु

अर्जुन बोहरा

भदौ २५, २०७९
सिमकोट । भारतका चर्चित आध्यामिक सद्गुरु–जग्गी वासुदेवले विश्वकै दोस्रो बाली देश नभई एसियाको दोस्रो सुजरल्याण्ड जस्तै धार्मिक र पर्यटकीय हिसाबले नेपाल देश भएको बताए ।
दोस्रो पटक पनि कैलाश मानसरवर दूरदर्शनका लागि सिमकोट पुग्नु भएका सदगुरले भगवना बुद्ध र शिव बस्ने पवित्र हिमालयन ठाउँ भएको बताए । नेपालमा थुप्रै संभावना बोकेको धार्मिक तथा पर्यटकय क्षेत्र देखेको संचारकर्मी लाई बताउनु भयो । नेपालको मौलिक पहिचान विश्वमा झल्काउने हो भने सबै क्षेत्रको विकास गर्नु पर्ने जोड दिए ।
हुम्ला पुगेका सद्गुरुले हुम्लाको विद्यमान अवस्था जोगाई राख्नको लागि यहाँका नागरिकहरुले आफनो भुमिको विकास गरेमा प्रतिफल पाउने बताउनु भयो । म आफै पनि धार्मिक,सांस्कृती र पर्यटकीय हिसाबले भगवान लाई साझी राखेर अभियान लागिरहेको पनि बताउनु भयो ।
विश्वकै सम्पदा कैलास मानसरोवरस भएकोले नेपाल पनि संगसंगै विभिन्न धार्मिक,सांस्कृती र पर्यटकीय क्षेत्र भएकोले पनि नेपाल आउँदा बेग्लै स्वर्ग पुगे जस्तो अनुभुति महशुस गरेको बताए ।

भारत लगायतका अन्य देशबाट धार्मिक पर्यटकहरु आफु संग १५ सय भन्दा बढि नागरिक लिएर आएको बताउनु भयो । कोरोना महामारीको समयमा पनि हुम्लाको लिमि उपत्यका नजिकै रहेको लाप्चा बाट दर्शन गर्नको लागि ४दिन भित्र नेपालगन्ज हुँदै कैलाश मानसरवर पुग्ने सहज भएको बताए । मानसरोवरको दर्शन गर्नका लागि भदौं सुक्लपक्ष पूर्णीमाको अवसर पारेर लिमीको लाप्चा पुजापाठ गरेका छन ।

प्रतिक्रिया दिनुहोस