सद्गुुरु सिमकोटमा (फोटो फिचर)

२४ भदौ २०७९
सिमकोट । भारतका चर्चित आध्यामिक सद्गुरु –जग्गी वासुदेव कैलाश मानसवरवर दर्शन गर्न आइपुगेका छन्। उनी पोखाराबाट शुक्रबार हेलिकोप्टर बाट हुम्लाको सिमकोटमा पुगेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनु भयो ।
सिमकोट पुगेलगतै भारतिय नागरिक लाई धामिर्क प्रवचन दिंदै उनि लिमीको टाक्चीमा हेलिबाट पुगेका छन ।सद्गुुरुले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन तथा पुजा पाठ गर्ने गर्ने कार्यक्रम रहको छ।
सिमकोट विमानस्थलमा सद्गुरु लाई पञ्चकन्या हुुम्लाका पञ्चेबाजाद्वारा स्वागत गरिएको थियो सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनु भयो ।
सिमकोट विमानस्थलबाट उनी बस्ने विजय होटलसम्म लगिएका पर्यटक तथा स्थानीयले स्वागत गरेका थिए।
त्यहाँ दुुई रात सद्गुुरुले बिताउनेछन्। तेस्रो दिनमा मात्र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम छ।