सद्गुरु जग्गी बासुदेव हुम्ला आउँदै

अर्जुन बोहरा

२३ भदौ २०७९
सिमकोट । नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) हुम्लामा आउने भएका छन ।
चर्चित सद्गुरु जगदीश बासुदेव शुक्रबार हुम्लामा आउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सीत परियारले बताउनु भयो ।
कैलाश पर्वत दर्शनको लागि सद्गुरु शुक्रबार पोखराबाट सिधै हेलिकोप्टर बाट सिमकोटमा आउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए । उनीलगायत ४० जना धार्मिक पर्यटक आउने तयारी भएको र यस अघि १ हजार भारतिय धार्मिक पर्यटक कैलाश दर्शन गरिसकेको छन ।
सदगुरु पुगेलगैत एक दिन सिमकोटमा बस्ने र टोली लाप्चातर्फको जाने कार्यक्रम रहेको छ । टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास ४ हजार ८सय मिटर अग्लो स्थान टाक्चीमा बस्नेछ । सद्गुरु सहितको टोली लाप्चामा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यतालिका रहेको छ । सदर्रगुर आउने भएपछि जिल्ला प्रशासन कार्यालयले सिमकोट बजा।मा सुरुक्षा कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस