दुई सतामै हुम्लामा एक हजार विदेशी पर्यटक भित्रिए,दश लाख राजश्व संकलन

ऋर्जुन बोहरा

२३ भदौ २०७९
सिमकोट । हिमाली जिल्ला हुम्लामा भित्रिने धार्मिक पर्यटकबाट दुई सतामै रु १० लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । कोभिड–१९ महामारीपछि हुम्लामा विदेशी धार्मिक पर्यटक आगमन संगै बढेको छ ।
सार्क राष्ट्रका पर्यटकलाई रु ११ सय र अन्य मुलुकका पर्यटकलाई १५सय हुम्ला प्रवेशका लागि शुल्क संकलन गरिएको सिमकोट विमानस्थलमा खटिएका कुम्मेर रोकायाल जानकारी दिनुभयो । यस अवधिमा हुम्लामा पर्यटक आएका थिएनन् । कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुनःकोरोनाको चौथ्योे लहरले पदमार्ग सुनसान भएको थियो ।
नाम्खाका लागि पर्यटकबाट राजश्व उठाउन सिमकोट विमानस्थलमा खटिएका रोकायाका अनुसार अहिलेसम्म आएका १ हजार जनामध्ये १ जना भूटानका, २ जना क्यानडाका, १ जना अष्ट्रेलीयाका र बाँकी १हजार ५६ जना भारतीयमूलका पर्यटकले हुम्ला भ्रमण गरेका छन् । भारतीय मुलका पर्यटकमध्ये पनि भारतको नागरिकता त्यागेर अन्य देशमा बसेको नागरिक र चिनीय नागरिक त्यागेर भारतमा बोसोबास गरेको नागरि भित्रीयको सिमकोट गाउँपालिका श्रोतले बताएको छ ।
सिमकोट विमानस्थल लाई उदृत गर्दै सिमकोट र नाम्खा गाउँपलिकाले संयक्तले खटिएको टोलीले उपलब्ध गराएको तथ्याङ्कअनुसार भाद्रा महिना पहिलो हप्ता देखि शुरु गरेको धार्मिक पर्यटक अहिले ९सय भन्दा बढि पर्यटक हवाई मार्ग भएर भित्रिएका बताए ।
विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्र चिनको स्वशाति क्षेत्र तिब्तमा रहेको कैलाश मानसरोरवर धार्मिक तिर्थ नेपाली भूमिब २ दिनमा दूरदर्शन गर्न सकिन्छ । कैलाश मानसरवर दर्शन गर्नको लागि छोटो समयमा यातयातको सुविधा भएकोले सहज भएको छ । बाह्य देशबाट आएका पर्यटकबाट संकलन गरिने रकम ६० प्रतिशत सिमकोट र ४० प्रतिशत नाम्खा गाउँपालिकाले उठाउने गरेको छ। अहिलेसम्म सिमकोटमा १० लाख भन्दा बढि रकम राजश्व संकलन भएको रोकायाले बताए ।

 

प्रतिक्रिया दिनुहोस