हुम्लाबाट एमाले प्रतिनिधि सभा र प्रदेश सभामा २१जनाको नाम सिफारिस
अर्जुन बोहरा
भदौ १८, २०७८ शनिबार
सिमकोट। नेकपा एमाले हुम्लाले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेशमा २१ जनाको नाम शिफारीस गरेको छ ।
एमाले प्रदेश समन्वय कमिटी क र ख को एकिकृत बैठकले दुई प्रदेश सभा निर्वाचन क्षेत्र र एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २१ जनाको नाम सिफारिस गरेको हो ।
गएको स्थानीय तहमा कम मत परिणाम ल्याएको नेकपा (एमाले)ले विभिन्न क्लष्टरमा गरेर २१ जनाको नाम सिफारिस गरेको हो । पार्टीमा उम्मेरदवारका आकांक्षी बढि भएपछि २१ जनाको नाम सिफारिस गरिएको एमाले स्रोतले बताएको छ।
एमाले पार्टीका अध्यक्ष कलबहादुर हमालका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधीसभाका लागि पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दल रावलको एकल नाम शिफारीस गरिएको छ । यस्तै समानुपातिक तर्फ स्थायी कमिटि सदस्य जिल्ला इन्चार्ज गोरख बोगटी, बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर दानी र अजबिर वुढालाई सिफारिस गरेको छ
यस्तै गरी प्रदेश ‘क’ तर्फको प्रत्यक्ष तर्फ दल फडेरा र पुर्णप्रसाद ढंकलको नाम सिफारिस गरिएको पार्टी सचिव तीर्थ राज बोहराले जानकारी दिनु भयो । समानुपातिक तर्फ भने सुरेन्द्र कार्की,कलबहादुर हमाल,धञ्जय परियार,मञ्जु रावलको नाम सिफारिस गरेको छ ।
त्यसै गरी प्रदेश ‘ख’ तर्फको प्रत्यक्ष तर्फ छिमिदोर्जी लामा, कमल वोहोरा, डवल रावत र उत्तम लामालाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ कर्णाली प्रदेश कमिटी उपसचिव रूपा शाही (पिछडियको क्षेत्र र महिला तर्फ), प्रकाश सुनार (दलिततर्फ), छविचन्द लामा (जनजाति तर्फ) र नोरजाङग तामाङ (जनजातीतर्फ) नाम पठाइएको छ ।