एमालेको हुम्लाबाट ’ख’ प्रदेशबाट चार जना सिफारिस

फिल्को मिसन

भदौ १८, २०७९
सिमकोट । नेकपा (एमाले) हुम्लाले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदारको नाम शिफारीस गरेको छ ।
जिल्ला सदरमुकाममा जारी जिल्ला कमिटिको बैठकले प्रदेश सभा ख का लागि प्रत्यक्ष तर्फ तीन जना र समानुपातिक निर्वाचनतर्फ एक गरेर चार जनाको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ पहिलो संविधान सभाका सभासद छिमिदोर्जी लामा, नेकपा (एमाले) हुम्ला उपाध्यक्ष डबल रावत, प्रदेश कमिटि सदस्य उत्तम लामालाई सिफारिस गरेको छ भने समानुपातिकतर्फ प्रदेश कमिटि सहसचिव रुपा शाहीलाई एकल नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको क को भने टुंगो लगाउन सकेको छैनन् । तीन देखिको खराब मौशमका कारण जिल्ला बाहिरीएक मुख्य नेताहरु जिल्लामा आउन नसेकेपछि नेताहरु बढि भएको प्रदेश क र प्रतिनिधि सभाका लागि उम्मेरदवारको सिफारिसमा केहि ढिलाइ भएको पार्टी सचिव तीर्थराज बोहराले बताए ।
जिल्लाको बैठकका लागि हुम्लामा जानुपर्नेमा खबर मौसमका कारणले हवाई उड्ना नभएपछि उम्मेरदवारको टुंगो लगाउनको लागि नेताहरुको बैठक नेपालगञ्जको होटेल सिद्धार्थ भ्यूमा बसिरहेको स्रोतले बताएको छ । जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, सहइन्चार्जद्धय दल रावल र दल फडेरा, संविधान सभा सदस्य छिमिदोर्जी लामाको बैठकले गरेको निर्णयलाई जिल्लाको बैठकले अनुमोदन गर्ने नेकपा एमाले कार्यालयले श्रोत बताएको छ। अध्यक्ष कलबहादुर हमालको अध्यक्षतामा सिमकोटको मानसरोवर होटेलमा जिल्ला कमिटिको बैठक जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस