हुम्लका ११० घरधुरीलाई निःशुल्क सोलार वितरण

फिल्को मिसन

भदौ १८, २०७९
सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा पर्ने सर्केगाढ गाउँपालिकाका स्थानीयलाई निःशुल्क सोलार वितरण गरिएको छ। सर्केगाढ गाउँपालिकाका वाड न. २ र ३ को उनपानीको गुसाँ लेक गाउँमा सोला १सय १० वटा घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको हो।
गाउँपालिकाका वडा नं २ र ३ का सर्वसाधारणलाई निःशुल्क सोलार वितरण गरिएको सर्केगाड गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अखिल कार्कीले जानकारी दिए । सर्किदेउ प्रहरी चौकी सर्केगाडको रोबहरमा वडा अध्यक्ष कार्कीले लेख गाउँमा १२, सैन गाउँमा ७, २० घर दलित समुदायलाई २० र औल गाउँका विभिन्न घरमा ७१ पिसगरेर ११० सोलार वितरण गरेका हुन् ।
सोलार वितरण गर्दै उनले भने आफ्नो सरकारले कसैलाई काखा र कसैलाई पाखा नगर्ने जिकिर गर्दै वडा अध्यक्ष कार्कीले गुसाँ लेखमा बस्ने सम्पुर्ण बासिन्दालाई दोस्रो लटमा सबै घरमा सोलार पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
विगतमा सल्लाको लोइठो (झरो) बालेर विद्यार्थीहरु पढ्ने गर्थे अब घर घरमा सोलार भयपछि विद्यार्थीहरुको पठन पाठनमा पनि निकै सहज हुने गुसामै स्थापना भएको देबकोटा आधारभुत विद्यालयका शिक्षक धर्मा फडेराको बताए ।
दुर्गम गाउँमा विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न,दलित घरपरिवारले सोलार पाएपछि खुसीले दंग भएको अध्यक्ष कार्कीले बताए। कर्णाली प्रदेश सरकारबाट प्राप्त २० लाख रकमबाट वैकल्पीक उर्जा प्रवद्धन केन्द्र काठमाडौंबाट ११० वटा सोलार वितरण गरिएको गरिएको हो ।हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस