माओवादी केन्द्रको केन्द्रीय सदस्यमा शाही मनोनीत

भदौ १७, २०७८ शुक्रबार
सिमकोट । नेकपा माओवादी केन्द्रले हुुम्लाका बीरजंग शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
जनता समाजवादी पार्टी हुम्ला सिंगो टिम माओवादी केन्द्रमा समायोे थियो।
जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य जिम्मेवारी रहेको शाही मनोनीत माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य विजय भण्डारीले जानकारी दिए।
माओवादी केन्द्रले केही समयअघि केन्द्रीय सदस्यमा मनोनीत गरेको भए पनि बिहीबार सुर्खेतमा सञ्चालन भएको सो पार्टीको प्रदेश समन्वय समितिको बैठकमा जानकारी गरिएको थियो।
अब नेकपा माओवादी केन्द्रमा शाहीसहित तीन जना केन्द्रीय सदस्य भएका छन्। अर्का केन्द्रीय सदस्यमा भण्डारी र प्रतिनिधि सभाका सदस्य छक्कबहादुुर लामा छन्।
०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापति निर्वाचित शाही तत्कालीन बाबुराम भट्टराई नेतृत्वको जनमोर्चा नेपालमा आबद्ध थिए।
माओवादी युुद्धका बेला उनी भूमिगत भएका थिएनन्। तर, राज्य पक्षबाट भने माओवादीको समर्थक भन्दै केरकार गर्ने कार्य गरेको थियो।
उनी माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा सक्रिय भएर लागेका थिए। ०७३ सालमा बाबुरामले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी त्यतै लागेका थिए र उक्त पार्टीको केन्द्रीय सदस्यसमेत भएका थिए।