प्रतिनिधि र प्रदेशसभामा उम्मेदारीमा कर्णालीका मुख्यमन्त्री शाही लाई शिफारीस
भदौ १७, २०७८ शुक्रबार
सिमकोट । नेपाली कांग्रेस हुम्लोले आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली १४ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ ।
सिटका बिषयमा गठवन्धन दलमा टुंगो लागि नसके पनि प्रतिनिधीसभा, प्रदेशसभा र समानुपातिकहरुको नामावली हुम्लाले कांग्रेसले प्रदेश समितिमा पठाएको हो ।
कांग्रेस हुम्ला उपसभापति कैलाश भण्डारीका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधीसभाका लागि जीवन बहादुर शाही एकल नाम शिफारीस गरिएको छ । सिफारिस गरिएका नामहरु भने संघ र प्रदेशमा प्रत्यक्ष तर्फ भने कर्णाली प्रदेशका मुख्यमन्त्री बहादुर शाहीको एकल नाममा निर्णय गरेर जिल्ला पार्टी काँग्रेसले शिफारीस गरेको हो । नेपाली काँग्रेस हुम्लाले गठवन्धन दलकै हेराईमा प्रदेश र संघ कुन भागबण्डामा भाग पर्छ त्यसको आधारमा काँग्रेस पार्टी हुम्लाले कर्णालीका मुख्यमन्त्री शाही लाई शिफारीस गरेको छ ।
यस्तै समानुपातिक तर्फ सिफारिस हुनेमा जयपति रोकाया र रिता शाहीको नाम पठाइएको छ । हुम्लामा प्रतिनिधीसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।
यस्तै प्रदेश ‘क’ तर्फको प्रत्यक्ष तर्फ मंगल शाही,अर्जुन महतारा र मानदेब शाहीको नाम सिफारिस गरिएको उपसभापति भण्डारीले जानकारी दिनु भयो । समानुपातिक तर्फ भने राम टमटा,सबिता ऐडी,मैना बुढा र मिम बहादुर शाहीको नाम प्रदेश समितिलाई सिफारिस गरेको छ ।
त्यसै गरी प्रदेश ‘ख’ तर्फको प्रत्यक्ष तर्फ जीवन बहादुर शाहीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ पदम बहादुर लामा,बिजय बुढा र रिता लामाका नाम पठाइएको छ ।
सिफारिस गरिएका नामहरु भने संघ र प्रदेशमा प्रत्यक्ष तर्फ भने कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको एकल नाममा निर्णय गरेर जिल्ला पार्टी काँग्रेसले शिफारीस गरेको हो ।