मुुख्यमन्त्री शाही सम्मानित

फिल्को मिसन

भदौ १६, २०७९a
सिमकोट । लामा साँस्कृतिक मञ्च हुुम्लाले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही लाई सम्मानित गरेको छ ।
मुख्यमन्त्री शाहीले सामाजिक विकासमा पु¥याएको योगदानको कदर गर्दै उनलाई मञ्चद्वारा सम्मान गरिएको मञ्चका सदस्य राजबहादुुर लामाले बताए।
मुख्यमन्त्री शाहीलाई मञ्चका अध्यक्ष धर्मनन्द लामाले दोसल्ला (रातो काम्लो) ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन्।
मुख्यमन्त्री शाही हुम्ला आएको अवसर पारी उनलाई सम्मान गरिएको हो। लामाले एउटा राजनीतिकर्मी भएर धर्म संस्कृृतिको संरक्षण तथा सम्वद्र्धनमा ठूलो योगदान पु¥याएको भन्दै मञ्चले सम्मान गरेको बताए।

आफू सम्मानित भएपछि मुख्यमन्त्री शाहीले पहिला पनि मञ्चको साथमा रहेकोे, अहिले पनि रहने र भोलिका दिनमा पनि साथै रहने बताए।सम्माती मुख्य मन्त्री शाहीलले धर्म र संस्कृति बचाउन सबैको दायित्व भएको भन्दै ,अधुरो मञ्चको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सीता परियार, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष पदमबहादुर लामालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस