प्रचण्डको सुर्खेत आउने कार्यक्रम स्थगित

फिल्को मिसन

भदौ १६, २०७९
सुर्खेत । कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्ड भोलि एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको बैठक १० वटा जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सुर्खेत आज हुने बैठकमा सहभागि कर्णाली प्रदेश अध्यक्ष विमाला केशी जानकारी दिनु भयो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी भइसेकेका छन । आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस