सीमा सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित

फिल्को मिसन

भदौ १६, २०७९
डडेलधुरा ।नेपाल भारत सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी आफै असुरक्षित बनेका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाको ४ सय ५९ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ ।
जहाँ सीमा सुरक्षाका लागि विभिन्न ५० स्थानका बोर्डर आउट पोष्ट (बीओपी)मा सशस्त्र प्रहरी खटिने गरेका छन् । नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको डडेल्धुराको पर्शुराम नगरपालिकास्थित परीगाउँ बीओपीमा खटिने सुरक्षाकर्मि आफै असुरक्षित रुपमा बसिरहेका छन् । परीगाउँको मात्रै नभइ, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका अनुसार सुदूरपश्चिममा रहेका ५० वटा बीओपीको रहेको छ ।
सीमा क्षेत्रको सुरक्षा र भारतबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले ५० वटा बीओपी स्थापना गरेको छ । तर बीओपीमा खटिने सुरक्षाकर्मीलाई उचित बसोबासको समेत व्यवस्था छैन । २२ वटा बीओपी रहेको कञ्चनपुरमा भने अहिले सुरक्षाकिर्महरूको लागि भवन बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोकुलप्रसाद अर्यालले जानकारी दिनुभयो । सीमामा खटिएका सशस्त्र प्रहरी अस्तव्यस्त अवस्थामा रहेका टहरामा बस्न बाध्य छन् । उनीहरूलाई बस्न, खान र आधारभुत आवश्यकताको सुविधा छैन भने सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सवारी साधन, जनशक्ति र प्राविधिक विषयको समेत अभाव छ ।
तर, अस्तव्यस्त अवस्थामा रहेका टहरामा बसेर नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागिसमेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैनन् । बर्षातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ ।
‘जस्ताका टहरा छन् पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ,’ परशुराम नगरपालिका–५ स्थित परिगाउँमा रहेको विओपीका एक प्रहरीले भने, ‘खाना पकाएर खान सकिने अवस्था छैन । शौचालय जान पनि लाइन बस्नु पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस