पशुपन्छीहरू लाई लाग्ने विभिन्न रोग विरुद्ध निःशुल्क खोप

भदौ ११, २०७८
सिमकोट । सिमकोट गाउँपालिका अन्र्तगत पशु सेवा कार्यालले पशुपन्छीहरूमा लाग्ने विभिन्न रोग विरुद्ध निःशुल्क खोप सेवा सुरु गरेको छ ।
पशुपालक कृर्षकका गोठमा पालिएका पशुन्छीहरुमा भ्यागुत्ते र चरचर रोग देखिए पछि उक्त खोप लगाइएको सिमकोट गाउँपालिका नायव पशु प्राविधिक विष्ष्णु वुमिले जानकारी दिए ।
सिमकोट गाउँपालिका वडान नं. ३ को रातामाटा भन्ने गाईर्खकमा उक्त रोग देखापरेपछि कृर्षले गाँउपालिकामा उपाचरको लागि आग्राह गरेको थिए । सिमकोट गाउँपालिका पशु प्राविधिकले अहिले सम्म १सय ११ पसु वस्तुलाई भ्यागुत्ते र चरचर रोग विरुद्धको खोप लगाइएको बताए ।
यस अघि सिमकोट गाउँपालिका वडा नं ७ का घरपालुवा पशु वस्तुलाई पशु शाखा प्रमुख महेन्द्र बहादुर शाहीको टोलीले खोप लगाएको थियो । त्यसै गरी अवको केही दिनमा सिमकोट गाउँपालिका वडा नं ८ मा पनि लगाइने वुमीले बताएका छन् ।
खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुलाई पनि सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नु पर्ने सुझाव पशु चिकित्सकहरूले सुझाब दिए ।
वर्षेनी रुपमा फैलिने गरेको खोरेत रोगको सङ्क्रमणबाट पशु चौपायालाई जोगाउनका लागि नियमित रुपमा नै खोप लगाउनका लागि किसानहरूलाई पशु चिकित्सकहरूले सुझाव दिनु भएको छ ।