नेकपा एसद्धारा हुम्लाबाट संघ र प्रदेशका उम्मेदवारको नाम सिफारिस

अर्जुन बोहरा

भदौ ९, २०७८
सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपा एसका जिल्ला अध्यक्ष शिबराज शर्मा अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तिर्थराज रोकायालार्ई सिफारीस बताए । त्यसै गरि प्रदेशसभा (क) का लागि केन्द्रीय सदस्य हस्तबहादुर शाही र प्रदेशसभा (ख) का लागि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य लोकबहादुर हमाललाई सिफारिस गरेकोे जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम सिमकोटमा सम्पन्न जिल्ला कमिटि बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ पवित्रा देवकोटा र दलपति नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समानुपातिक निर्वाचनतर्फ प्रदेश (क)का लागि शुसिला शाही, हरिलाल बुढा, प्रदेश निर्वाचन क्षेत्र (ख) का लागि प्रेमा लामालाई सिफारिस गर्ने निर्णय गरेको पार्टी सचिव कमल छत्यालले बताए । यो सँगै आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा हुम्लाबाट उम्मेदवार सिफारिस गर्ने नेकपा एस पहिलो पार्टी भएको छ।

प्रतिक्रिया दिनुहोस