मानसरोवर बहुुमुखी क्याम्पस प्रमुखमा भण्डारी नियुक्त

अर्जुन बोहरा

भदौ ९, २०७८
सिमकोट । हुम्लाको सदरमुकामा सिमकोटमा रहेको मानसरोवर बहुुमुखी क्याम्पसको एकबर्ष देखि रिक्त रहेको क्याम्पस प्रमुख पदमा दीपक भण्डारी नियुक्त हुनुभएको छ ।
क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष तथा प्रतिनिधि सभाका संसद छक्क बहादुर लामाले भण्डारी लाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।
स्थापनाकाल देखिनै क्याम्पस प्रमुख वसन्त रोकायाले जिम्वारी भएर काम गरेको थिए भने नेपाली काँग्रसका हुम्ला जिल्ला पार्टी उपसभापति रोकाया निर्वाचित भए देखि डेटबर्ष अघि उक्त पद रिक्त थियो।
सात महिनाका लागि निमित्त क्याम्पस प्रमुखका रूपमा शिक्षक दीपक भण्डारी लाई जिम्मेवारी दिइएको भए पनि यही भदौ ७ गतेदेखि भण्डारीलाई पूर्ण क्यापस प्रमुख पद दिएको छ । लामाले समय देखि उक्त क्याम्पसमा शिक्षण पेशा आँगालेका भण्डारी स्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण र जनसंख्यामा एमफिल गरेका छन्।
सरकारी अनुदानबिनै सञ्चालन हुँदै आएको क्याम्पसलाई स्रोत जुटाउन पनि समस्या अबदेखि नहुने बताए । आफ्नो पदभार ग्रहण गर्दै भण्डारीले क्याम्पसलाई शैक्षिक एवं प्रशासनिक रूपमा गति प्रदान गर्न सबै विचार समूह, विद्यार्थी र कर्मचारीसँगको समन्वयमा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
स्नातक तहसम्म अध्ययन हुने मानसरोवर बहुमुखी क्याम्पसमा सबै तहका गरी १ सय ८० जना विद्यार्थी भर्ना भएका छन्।

प्रतिक्रिया दिनुहोस