मानसरोवर–कैलाश दर्शनका लागि हुम्ला पुगे भारतीय तीर्थयात्री(फोटो फिचर)
भदौ ८, २०७८ मंगलबार
सिमकोट । मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको सिमकोटमा भारतीय तीर्थयात्री आउन थालेका छन । एक बर्ष पछि हुम्लामा धार्मिक पर्यटक हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर–कैलाशको दर्शनको लागि हुम्लामा पुगेका छन । गत बर्ष धार्मिक सतगुरु हुम्लाको लिमी लाप्चाबाटै मानसरवर कैलाश दर्शन गरृेपछि यस पटक पनि सतगुरु सहित यस पटक एक हजा र ४ सय जना भारितय नागरिक आउने तयारी रहेको छ ।
कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पछि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न नेपालकै भुमिबाट सहज हुने भएकोले भारतीय तीर्थयात्रीहरु आएको हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए ।
कोभिड–१९ का कारण २ बर्षदेखि सुनसान बनेको हुम्लाको चिनसंग जोडिएको तिब्बत क्षेत्रमा दोश्रो पटक भारतीय तीर्थयात्री आउने शुरु गेरका छन् । कोरोना भाइरसका कारण हिल्सा सीमा नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट भारतीय तीर्थयात्रीले दर्शन गर्नको शुरु गरेका हुन् ।
काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेका भारतीय तीर्थयात्री सिमकोट विमानस्थलबाट हेलिकप्टर मार्फत लिमीको लाप्चामा मानसरोवर कैलाश दर्शनकै साथैका लिमी लाप्चा भ्यालीको मनोरम दृश्यावलोकनको लागि तयारी रहको विजय होटेलका सञ्चालन विजय लामाले जानकारी दिए ।
काठमाडाँैबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् ।
नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् । पहिलो चरणमा कुक(खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । मंगबार ५६ जना भारतीय तीर्थयात्री सिमकोटमा पुगिसकेको र भारतीय सद्गुरु जग्गी वासुदेव सहित १हजार ४ सय जनाको भारतीय टोली हुम्ला आउने भएका छन ।
हुम्लाको लेकधिंगामा क्याम्प
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने धार्मिक पर्यटकहरुका लागि नाम्खा गाउँपालिका–१को लेकधिंगामा क्याम्प खडा गरिएको छ।
काठमाडौँबाट नेपालगंज हुँदै सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने तयारी भएपछि उक्त क्याम्प खडा गरिएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले बताए । लेकधिंगामा १ सय ५० जना पर्यटक अट्ने गरी टेण्ट हालेर क्याम्प बनाइएको लामाले जानकारी दिए ।
विजय होटेलका सञ्चालन विजय लामाका अनुसार, लेकधिंगामा क्याम्प देखि तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको बताए। त्यसका लागि सिमकोटमा भएका १२ वटा बोलेरो जीप बुक गरिएको जानकारी दिए । सदगुरुको यात्रापछि अरु धार्मिक पर्यटकहरुले पनि लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नको लागि तयारी रहेको बताए ।