सहकारी अनुदान : भनसुनकै भरमा वितरण

फिल्को मिसन

असार३०,२०७९
हुम्लामा । कृषि विकास कार्यालय हुम्लाले कृषि उत्पादन श्रेत्रमा आकर्षण गराउनको लागि सहकाी संस्थाहरु लाई एक करोड पच्चसी हजार अनुदान दिएको छ ।
सहकारी संस्थाहरुको सुदृढीकरण र व्यवसायमुखी सहकारी संस्थाहरुको प्रवद्र्धनका लागि वार्षिक अनुदान सहयोग गरेको छ ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा रहेको कृषि सहकारी संस्था लाई लक्षित गरेको र यो बर्ष आठ वटा सहकारीलाई अनुदान रकम वितरण गरएको कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र बताए । उनका अनुसार अनुदान पाउने सहकारीमा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली र ताँजाकोटका एक एक र अदानचुली गाउँपालिकाबाट तीन वटा सहकारी संस्थाले अनुदान रकम पाएका बताउनु भयो ।
सहकारीलाई दिएको अनुदान रकम सहकारी सदस्यहरूले कृषि क्षेत्रको उत्पादनका लागि मात्र कर्जास्वरुप लिएको बताए ।
तर कृषि विकास कार्यालय हुम्लाले भनसुनकै आधारमा पहुँउचवालले मात्र सहकारी अनुदान रकम लिएको मनिलाल ढंकाले बताउनु भयो ।ठुला दलका नेताका आसेपासहरेकोले सहकारी संस्थाले लिएको खुलाशा गरेका छन ।
सरकारी अनुदान लिने ठुला दलको कार्यकर्ताले खोलेका बाहेक हुम्लामा एकल उद्देश्य राखेर खोलिएका सहकारी संस्था छन्। तर तिनले अरू सामाजिक काम नगरेर बचत तथा ऋण लगानी मात्र गरेको देखिएको छ । तर कृषि विकास कार्यालयले भने लक्ष्यअनुुसार लगानी भए÷नभएको त्यसको अनुुगमन गर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस