हुम्लामा संचारकर्मी लाई जलवायु परिवर्तन सम्बन्धि छलफल

असार १२,२०७९
सिमकोट । जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्ने बारेमा हुम्ला जिल्लाका सञ्चारकर्मीहरुलाई एक दिने छलफल गरेको छ । पछिल्लो समय जनवायु परिवर्तनका बारेमा देखिएका असर र प्रभावका बारेमा जिल्लाका सञ्चारकर्मीहरुलाई जानकारी गराउने उद्देश्यले छलफल गरिएको छ ।
जलवायु अनुकुलन कार्यक्रमका जिल्ला संयोजक विनोद शाहीले कार्यक्रम सहजीकरण गरेका थिए। नेपालका २४ जिल्ला उच्च जोखिममा रहेको र त्यसमा हुम्ला धेरै बस्तीहरु उच्च जोखिममा रहेको प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।
जिल्ला संयोजक शाहीले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ निति वनाउनुु पर्ने वताए ।जलवायुु परिवर्तनको जोखिम न्युुनिकरण गर्न ठुुला ठुुला विकास निमार्ण तथा योजनाको काममा ध्यान पुु¥याउनुु पर्नेमा जोड दिए ।
नेपालमा ३० वर्ष एता तापक्रम ० दशमलव ७ डिग्रिले वढि रहेको खोलाहरु सुुकिरहेको , हिउताल पग्लि रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
अनुशिक्षण कार्यक्रममा जलवायु परिवर्तनका कारण विश्व र नेपाललाई पारेको प्रभाव र असरका बारेमा जानकारी गराइएको थियो। त्यसैगरि जलवायु परिवर्तनकै कारण तराईमा पाइने पशुपन्छी पहाडमा र पहाडमा पाइने पशुपन्छी हिमालमा पाइन थालेका तस्बिर पनि सार्वजनिक गरिएको थियो। हुम्लामा नयाँ तरकारी र फलफूल उत्पादन हुन थालेको कुरा पनि देखाइएको थियो।
यस तालिममा बिभिन्न संचार माध्याममा कार्यरत १५ जना संचारकर्मीहरुको सहभागिता रहेको छ । तालिममा जलवायु परिर्वतन सम्बन्धि भएका काम, यसमा मिडियाकर्मी खेल्नु पर्ने भूमिका, जलवायुले पार्ने असर लगायतका बिषयमा छलफल हुने छ । जलबायु परिबर्तनले वन वातावरणमा पार्ने असर, बिपद जोखिम ब्यबस्थापन, लगायतका थुप्रै बिषयमा जनाकारी गराको थियो ।