अदानचुली गाउँपालिकाले ल्यायो २८ करोड ५५ लाख बजेट

अर्जुन बोहरा

असार ११, २०७९
सिमकोट । हुम्लाकोे अदानचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु २८ करोड ५५ लाख २४ हजार बजेट ल्याएको छ ।
गाउँपालिको उपप्रमुख कर्ण रोकाया (सुधार)ले शनिबार गाउँपालिकाको ११ औं गाउँसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई र प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
चालू आर्थिक वर्षका लागि गाउँपालिकाले राजश्व बाँडफाँटबाट सङ्घीय सरकार अनुदान रु ५ लाख करोड ८५ लाख ६४ हजार, प्रदेश सरकार अनुदान २ लाख ४६ हजार ३सय ७६रुपैया, आन्तरिक आम्दानी रु ७ लाख रहेको उपप्रमुख रोकायाले बताउनुभयो ।
त्यसै गरि अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट संघिय वित्तिय समानिकरण अनुदान रु ७ करोड५६ लाख,संघिय शर्सत अनुदान चालुतर्फबाट रु१०करोड ५ं२ लाख,संघिय शसर्त अनुदान पुँजीगत तर्फबाट रु१करोड ५५ लाख,प्रद्ेश समाजिकरण अनुदान रु६८लाख५४ हजार,प्रदेश शर्सत अनुदान चालू तर्फबाट रु६२ लाख ६० हजार र प्रदेश सर्सत अनुदान पुँजीगत तर्फबाट १ करोड ४४लाख छुट्याइएको उपप्रमुख रोकायाले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले प्रस्तुत गरेको नीति कार्यक्रममा सबै वडाका बस्ती बस्ती गाउँ गाउँ सम्म मोटरबाटो निमार्णलाई अगाडि बढाई चक्रपथको बिकास गर्ने परिकल्पना गरेको छ ।
त्यसै गरि दुई वर्षभित्र दक्षिण तर्फबाट सडक सञ्जाल जोडी तीव्र पुर्वाधार बिकास,घरघरमा धार अदानचुलीको नारा,एक घर एक एक बारी सँधै खाउँ तरकारी खेती जस्ता लोकपृय नाराहरु ीनतिमा तया गरेको छ।

 

प्रतिक्रिया दिनुहोस