अपाङ्गता दिवसमा न्यानो कपडा वितरण

असार ४,२०७९
सिमकोट । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सिमकोट गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ ।
सिमकोट गाउँपालिका ५का वडा अध्यक्ष चिन रावतल हिमाली शिक्षा र विकास हेड नेपाल नामक सस्थामा रहेका फरक क्षमताका व्यक्ति लाई दिवसको अवसरमा न्यानो कपडा वितरण गरिएको हेड नेपालका भक्तराज ऐडीले बताए ।
उनले गाउँपालिकाकाको कार्यालयसँगको समन्वयमा फरक क्षमता भएका बालबालिकाहरु लाई न्यानो कपडा वितरण गरिएको बताए ।सिमकोट गाउपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख ममत रोकायाले अपाङ्गता भएका व्यक्तिलाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको बताईन ।
गाउँपालिका अन्तर्गतका सबै सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्ने गरी बनाउनु पर्ने वडा अध्यक्ष चिन रावतले जानकारी दिए ।
हिमाली शिक्षा र विकास हेड नेपाल सस्थामा आश्रित ४६ जनाबालबालिका कपडा वितरण गरेको छ ।