राष्ट्रपति रनिङ शिल्डको उपाधि हिमज्योति माविलाई

अर्जुन बोहरा

असार २,२०७९८
सिमकोट । सर्केगाड गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै योति हिमज्योति मावि राष्ट्रपति रनिङ शिल्ड हात पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतलले बताए।
सर्केगार्ड गाउँपालिकाले पाँच वटा मावि र निमाविस्तरीय १३ वटा विधामा सञ्चालन गरिएको थियो ।
उक्त प्रतियोगितामा अधिकांशमा हिमज्योति मावि सिट हात पारेको छ भने लालीगुराँस मावि लिप्ने दोस्रो र सरस्वती मावि जैर तेस्रो भएका छन्।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरिएको छ।
अब गाउँपालिकाले निर्णायकसँगको समन्वयमा असार ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी छनोट गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस