पाठ्यपुस्तक अभावले उतरी हुम्लाका विद्यार्थी समस्यामा

जेठ २५,२०७९
सिमकोट । पाठ्यपुस्तक अभावले हुम्लाका उतरी सिमकोट र नाम्खा गाउँपालिकामका विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र सुरू भएर विद्यालयहरू खुलेको तिन महिनाभन्दा बढी हुँदा पनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेलिरहेका छन् ।
हुम्लाका सात वटा गाउँपालिकामा रहेका विद्यालयहरुमा अधिकाँस विद्यालयमा पुस्तक अझै पुस्तक पुग्न सकेन । विद्यार्थीहरु कलम, कापी र झोला बोकेर विद्यालय धाउन थालेका छन । विद्यार्थी विद्यालय जाँदा चाहिने पाठ्यपुस्तक हो तर विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक भने सम्बन्धित निकायले पु–याउन सकेको छैन ।
विद्यालयमा पठनपाठन थालनी भएसँगै राज्यले विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनुपर्ने हो । नाम्खाको रहेको माहावौद्ध माध्यमिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक नहुँदा पढाईमा समस्या आएको गूनासो गरेका छन । पाठ्यपुस्तकको अभावमा पठनपाठनको काम अघि बढाउन मुस्किल भएको शिक्षकहरू बताउँछन् ।
मानसरवर माध्यमिक विद्यालयका शिक्षक राज रावतले पुराना पाठ्यपुस्तकको जोहो गरेर पठनपाठन गराइराखेको बताउनुभयो । हुम्लामा २ सय ५१ सामुदायिक विद्यालयहरू छन् । पाठ्यपुस्तक विक्रेतालाई सोधीखोजी गर्दा स्थानीय तहको चुनावका कारण पाठ्यपुस्तक छपाइमा ढिलाई भएको जानकारी पाइने गरेको स्थानीय तहको भनाइ छ ।
निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम कम भएको भन्दै समयमा पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले प्रतिक्रिया दिए ।
उतले कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको भए पनि ढुवानीका कारणले रोकिएको बताए । उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए । उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन् । यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् र त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ ।
हुम्लाको दक्षिणमा चार वाटा गाउँपालिकाका विद्यालयले पुस्ताक केहि विद्यालयमा पुगीसकेको र केहि आउनेक्रम जारीरहेको मानदेव शाहीले बताउनु भयो । ताँजकोटमा १७ विद्यालय,अदनचुलीमा १९,सर्केगाढ ३३ र चंखेली गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय रहेको शाहीले बताए ।