रुपन्देहीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु
जेठ २२,२०७९
रुपन्देही । आज बिहान रुपन्देहीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेहरूको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटनामा परेको हो ।