कार्यपालिका निर्वाचन : सिमकोटमा गंठबन्धन–एमालेबीच प्रतिस्पर्धा हुँदै

जेठ १२, २०७९
हुम्ला । स्थानीय तह सदस्य निर्वाचन सकिए लगत्तै सिमकोट गाउँपालिकाका गाउँपालिकामा कार्यपालिका निर्वाचनको प्रक्रिया अघि बढाईएको छ। सिमकोट गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एमालेले मनोनयपत्र दर्ता गराएका छन् । सिमकोटमा कार्यपालिका निर्वाचन जेठ १५ गते हुने जनाईएको छ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र गाउँपालिका अध्यक्ष र तिन वटा अध्यक्ष सहित १० जना सदस्य जितेको छ । त्यैसरी गरि नेपाली काँग्रेस एक वटा उपध्यक्ष सहित, चार वडाध्यक्ष र १० जना सदस्य गरी १५ सिट जितेको छ भने एमालेले भने एक वडाध्यक्ष र १२ जना सदस्य जितेको छ।
कार्यालयले ६ जना कार्यपालिकाका सदस्यका लागि निर्वाचन हुने जनाएको छ। जसमा दुुई जना खुला दलित तथा अल्पसंख्यक सदस्य र चार जना महिला सदस्यका लागि निर्वाचन हुनेछ। यसका लागि गठबन्धन दल कांग्रेस र नेकपा माओवादी केन्द्रले समीकरण गरेर उम्मेदवारी दर्ता गरेका छन् भने एमालेले एक्लै उम्मेदवारी दिएको छ।
गाउँपालिकाको निर्वाचनमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४२ जनाले उक्त निर्वाचनमा मतदान गर्नेछन्। अन्य ताँजकोट गाउँपालिका र सर्केगाड गाउँपालिका कार्यापालिको समस्य लागि निर्वाचित भएका छन । ताँजकोट गाउँपालिकामा मनोनयन दर्ताको दिन अन्य कुनै पनि पार्टीबाट ती पदका लागि मनोनयन नपरेपछि कार्यपालिका सदस्य माओवादी केन्द्रबाट निर्विरोध हुने भएका हुन्।
ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार ६ जना कार्यपालिकाका सदस्यहरुका लागि माओवादी केन्द्रका बाहेक अन्य पार्टीको उम्मेदवारी परेको छैन।
निर्विरोध निर्वाचित हुने सदस्यहरुमा महिला सदस्यतर्फ आपसरी कामी, रामदेवी मल्ल, आउसी दमाई र छमका खड्का रहेका छन्। दलित सदस्यतर्फ जगत सार्की र नन्दवीर चदारा रहेका छन् ।
त्यसै गरि सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर रावतका अनुसार मंगलबार बेलुका भएको मतदानबाट गठबन्धन दलका तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका छन । माओवादी केन्द्रबाट महिला सदस्यमा याङ्गी थापा र सुपारी शाही, नेपाली कांग्रेसबाट आइती ऐडी र बासुकी कामी रहेकी छन्। त्यसैगरि खुल्ला तथा अल्पसंख्यक कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा ज्ञानसिंह विक नेकपा माओवादी केन्द्रबाट र नेपाली कांग्रेसका रतिवाने विक रहेका छन्। उनीहरुको पद तथा गोपनीयताको सपथसमेत लिएका छन्।