छतबाट लडेर घाइते बालिकाको हेलिकोप्टरबाट उद्धार

५ जेष्ठ २०७९, बिहिवार
हुम्ला । आफनै घरको छतबाट लडेर घाइते भएकी खार्पुनाथ गाउँपालिाका–२ कि १६ वर्षीया बास्मती रावलको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।
बिहीबार घरको छतबाट लडेर स्वास्थ्य चौकीमा उपचार गर्दा होस नआएपछि थप उपचारका लागि ती बालिकालाई बुधबार हेलिकोप्टरबाट जिल्ला अस्पतालमा ल्याइएको हो।
छतबाट लडेकी ती बालिकाको टाउकामा गहिरो चोट लागेकाले घाइतेको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। स्वास्थ्य चौकी टाढा रहेको र स्थानीय स्तरमा उपचार गर्दा होस खुल्न नसकेपछि थप उपचारका लागि घाइतेलाई घरपरिवारले हेलिकोप्टर चार्टर गरेर अस्पताल ल्याइएको जनाएको छ।